२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

‘संविधानको भावना बमोजिम काम गरे समृद्ध नेपालको लक्ष्य चाँडै’

काठमाडौँ — वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले संविधानको भावना बमोजिम काम गर्दै अगाडि बढ्न सकेमा नेपालीहरुले चाहेको समृद्ध नेपालको लक्ष्य चाँडै प्राप्त हुने बताएका छन् ।

‘संविधानको भावना बमोजिम काम गरे समृद्ध नेपालको लक्ष्य चाँडै’

नेपालको पाँचौ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली राजदूतावास ओमानले आयोजना गरेको वेभिनारमा श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा वरिष्ठ हास्यव्यंग्यकार लक्ष्मण गाम्नागे र चर्चित कलाकार जीतु नेपालले आ–आफ्नो प्रस्तुतिमार्फत् संविधान दिवसको अवसरमा शुभकामना दिएको नेपाली राजदूतावास ओमानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : आश्विन २, २०७७ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?