कृषिमन्त्रीले दोहोर्‍याए- ठेकेदारको बदमासीले मल आयातमा समस्या

कोरोनाले गर्दा श्रमशक्ति गाउँ आएकाले यो वर्ष विगतमा भन्दा बढी खेती भएर पनि मलको माग बढी भएको दाबी

काठमाडौँ — कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले ठेकेदारहरूको बदमासीका कारण रासायनिक मल आयातमा समस्या भएको दोहोर्‍याएका छन् । समयमै मल ल्याएर किसानलाई वितरण गर्ने मन्त्रालयको योजना ठेकेदारहरूका कारण असफल भएको बताउँदै आएका मन्त्री भुसालले संसदीय समितिमा पनि उक्त कुरा दोहोर्‍याएका हुन् । 

कृषिमन्त्रीले दोहोर्‍याए- ठेकेदारको बदमासीले मल आयातमा समस्या

साउन महिनाभित्र नै मल आयात गरी किसानलाई वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढाए पनि ठेकेदारहरूले बदमासी गरेका कारण ढिलाइ भएको मन्त्री भुसालको प्रस्टोक्ति थियो ।

संघीय संसद् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने बताए । विपदमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रक्रिया अगाडि बढाउँदा पनि ठेकेदारहरूका कारण समस्या आइलागेको उनको भनाइ थियो ।

‘टेण्डर गरेर दुई-तीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन् । सम्झौता गरेपछि एलसी गर्न आएनन् । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्‍यो । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ । असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल ल्याएर वितरण गर्नुपर्ने थियो । साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ । त्यसैले कोरोनाका कारण समस्या भएको होइन,' मन्त्री भुसालले भने ।

मन्त्री भुसालले यो वर्ष विगतभन्दा बढी खेती भएकाले मलको माग पनि बढी भएको दाबी गरेका थिए । कोरोना गर्दा श्रमशक्ति गाउँमा भएपछि खेती पनि बढेको उनको दाबी थियो । विगतमा किसानहरूले मल अभाव हुँदा सीमा क्षेत्रबाट आफैँ ल्याउने गरे पनि यो वर्ष लकडाउनका कारण त्यो पनि सम्भव नभएपछि समस्या थपिएको उनले बताए ।

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रासायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिसकेको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

दुवै कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि आह्वान भएको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार २५-२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?