२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कांग्रेस सभापति देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनको परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । देउवा, पत्नी आरजु राणा, स्वकीय सचिव भानु देउवा लगायत परिवारका सदस्य तथा सहयोगीको कुपण्डोलस्थित विध ल्याबमा शुक्रबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

कांग्रेस सभापति देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि देउवा बिहीबारदेखि होम आइसोलेसनमा बसेका थिए । तर ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

देउवा आइसोलेसनमा बसे पछि बिहीबार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दलबीच संवैधानिक निकाय र विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा छलफलका लागि बैठक स्थगित भएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २, २०७७ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?