२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जोखिम न्यूनिकरणमा प्रशासन र स्थानीय तह मिलेर काम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

नारायण शर्मा

पूर्वी नवलपरासी — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य जोखिम न्यूनिकरणका लागि प्रशासन र स्थानीय तह मिलेर काम गर्न निर्देशन दिएका छन् ।

जोखिम न्यूनिकरणमा प्रशासन र स्थानीय तह मिलेर काम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय आइपुगेका मन्त्री ज्ञवालीले सरकारले बिहीबारदेखि निषेधाज्ञा खुकुलो पारेकोले स्वास्थ्य जोखिम बढ्ने भन्दै त्यसविरुद्ध मिलेर काम गर्न निर्देशन दिएका हुन् ।

'यातायात, होटल व्यवसाय सञ्‍चालन गर्दा स्वास्थ्य क्षेत्रमा जोखिम त बढ्छ नै,' उनले भने, 'यसको न्यूनिकरणका लागि नागरिकलाई सचेत पार्ने दायित्व सबैको हो ।' जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत आनन्द शर्माले जिल्लाका समस्या के छ भनेर मन्त्रीले चासो राखेको जानकारी दिए ।

मन्त्री ज्ञवालीसँग कावासोतीमा रहेको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले आधा घन्टा भेट गरेकी थिइन् । त्यसक्रममा मन्त्री ज्ञवालीले जिल्लामा अब निर्माण हुने एकीकृत नमुना जिल्ला सदरमुकाम निर्माणमा भइरहेको ढिलाईका बारेमा चासो राखेका थिए । भूमिगतकालमा आफूले नवलपरासीमा समय बिताएको संस्मरण गर्दै उनले यहाँको विकासका लागि सदैव आफ्नो प्रयास रहने वचन दिए ।

प्रमुख जिल्ला अधिकारी पंगेनी आएपछि सरकारका मन्त्री तहका व्यक्ति आएको यो पहिलो पटक हो । पंगेनी दुई साताअघि यहाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएकी हुन्

प्रकाशित : आश्विन २, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?