जनकपुर आइपुग्याे नेपाली रेल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुर आइपुग्याे नेपाली रेल

कान्तिपुर संवाददाता

काठमाडौँ — एउटा इन्जिन र चारवटा बोगीसहितकाे रेल शुक्रबार दिउँसाे २ बजेतिर जनकपुर आइपुगेकाे छ ।

नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनकपुर रेल स्टेसन आइपुगेकाे रेलका तस्बिरहरू र भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

एक इञ्जिन र चारवटा बोगी रहेको रेलको दुई वटा सेट शुक्रबार जनकपुरमा हस्तान्तरण गरिँदै छ । बिहीबार राति भारतको हाजीपुरबाट जयनगर आइपुगेको रेलको दुवै सेट जनकपुर आएपछि भव्य स्वागत गर्ने तयारी छ ।

प्रकाशित : आश्विन २, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्

मध्यपुर थिमिका एक कोरोना संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमि नगरपालिका–५ चोंडेका ७४ वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुषको वीर अस्पतालमा मृत्यु भएको छ । मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार ७ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका ती पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि तीन दिनअघि वीर अस्पताल लगिएको थियो ।

वीर अस्पतालमा उपचारकै क्रममा ती पुरुषको शुक्रबार मृत्यु भएको जनाइएको छ । मृतकको परिवारका ७ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु होम आइसोलेसनमै स्वास्थ्य लाभ गरिरहेको नगरप्रमुख श्रेष्ठले बताए ।

यससँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । तीमध्ये मध्यपुर थिमि नगरमा मात्र मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रकाशित : आश्विन २, २०७७ १४:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×