कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

डा‌. केसीको जीवनरक्षा गर्न  चिकित्सक संघको माग

काठमाडौँ — नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गरी ५ दिनदेखि अनशनरत केसीका माग पूरा गर्न सरकारले चासो व्यक्त नगरेको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ । 

डा‌. केसीको जीवनरक्षा गर्न  चिकित्सक संघको माग

संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा गुणस्तरीय स्वास्थ्यसेवा र चिकित्सा शिक्षाका लागि केसीको सत्याग्रहलाई गम्भीर रुपमा मनन गर्न र छिटोभन्दा छिटो वार्तामार्फत माग सम्बोधन गर्न आग्रह गरिएको छ ।

डा. केसी भदौ २९ देखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरमा अनशन बसिरहेका छन् । उनको यो १९औँ सत्याग्रह हो ।

प्रकाशित : आश्विन २, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?