पूर्वी नवलपरासीका ३१ वर्षीय संक्रमितको मृत्यु

नारायण शर्मा

नवलपरासी — चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत पूर्वी नवलपरासीका एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान निधन भएको हो ।

पूर्वी नवलपरासीका ३१ वर्षीय संक्रमितको मृत्यु

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि भदौ २५ गते भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा ती युवकलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : आश्विन २, २०७७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?