कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोभिड अस्थायी अस्पताल सञ्‍चालनका लागि स्थानीय तहलाई १० लाख

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि १० लाख रुपैयाँ बजेट उप्लब्ध गराउने भएको छ । स्थानीय तहमा कोभिड १९ अस्थायी अस्पताल सञ्चालनसम्बन्धी मार्गदर्शन २०७७ जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ सय ४९ वटा स्थानीय तहलाई बजेट उपलब्ध गराउने जनाएको छ ।

कोभिड अस्थायी अस्पताल सञ्‍चालनका लागि स्थानीय तहलाई १० लाख

हरेक स्थानीय तहलाई आइभि स्ट्यान्ड बेड रसाइड लकरसहितको बेडका लागि ५ लाख, औषधिका लागि ५० हजार र करारमा एक जना चिकित्सक, दुई जना स्टाफ नर्स र असिस्टेन्ट एक जनाका लागि ४ लाख ५० हजार छुट्याएको मार्गदर्शनमा उल्लेख छ । तत्काल बजेट नपुगेको खण्डमा सम्बन्धित स्थानीय तहले आफैं व्यवस्था गनुपर्ने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी उपलब्ध गराइएको बजेटको परिधिभित्र रही जनशक्तिलगायत व्यवस्थापन सम्बन्धित स्थानीय तहबाटै नै गर्ने/गराउने र अस्पतालमा सहयोगी स्थानीय तह वा अन्तर्गत कार्यरत मध्येबाट खटाउन सम्भव नभएको अवस्थामा करारमा लिनुपर्ने बताइएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी करारमा लिनु नपर्ने भएमा सो प्रयोजनका लागि विनियोजित बजेटबाट सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णयले अस्पतालका लागि आवश्यक औजार, उपकरण खरिद गर्न सकिने मन्त्रालयले जनाएको छ ।

कोभिड अस्थायी अस्पताल पछि ५, १० र १५ शय्याको अस्पतालमा रुपान्तरण हुने भएकाले अस्थायी अस्पताल सोही स्थानमा सञ्चालन गर्नुपर्ने मार्गनिर्देशनमा उल्ल्लेख गरिएको छ ।


प्रकाशित : आश्विन १, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?