२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

मुलुकको अर्थतन्त्र डुब्‍न थालेकाले निषेधाज्ञा हटायौं : मन्त्री ज्ञवाली

वीरेन्द्र केसी

गुल्मी — परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले ६ महिनासम्मको लकडाउनले मुलुकको अर्थतन्त्र डुब्न थालेकाले निषेधाज्ञा हटाइएको बताएका छन् । उनले कोरोनासँग जुध्ने र अर्थतन्त्रलाई चलायमान बनाएर कोरोना संकटलाई पार लगाउन सरकारले नयाँ ढंगबाट काम सुरु गरेको बताए ।   

मुलुकको अर्थतन्त्र डुब्‍न थालेकाले निषेधाज्ञा हटायौं : मन्त्री ज्ञवाली

‘अबको लडाइँ चुनौतीपूर्ण छ,’ तम्घासमा बिहीबार कोभिड–१९ परीक्षण प्रयोगशाला स्थापना गर्दै ज्ञवालीले भने, ‘लामो समय लकडाउन संभव छैन । अब सबैले आ–आफ्नो ठाउँबाट सचेत भएर कोरोनासँगको लडाइँमा विजयप्राप्त गरी पुरानै अवस्थामा फर्काउनुपर्छ ।’

सरकारले यस अवधिमा कोरानाको बारेमा चेतना अभिवृद्धि गर्ने काम गरेकाले सामाजिक दुरी कायम गरी हरेक गतिविधि सञ्चालन गरी जोगिएर काम गर्न उनले सर्वसाधारणलाई आग्रह गरे । अब स्वास्थ्य पनि जोगाउनुपर्ने र अर्थतन्त्र पनि बलियो पानुपर्ने चुनौतीलाई सामान गरेर अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

मन्त्री ज्ञवालीले दैनिक ज्यालादारीमा काम गरी खाने मजदुर, किसानदेखि ठूला उद्योगसम्ममा आर्थिक संकट परेकाले निषेधाज्ञा हटाएर खुला गरिएकाले अब सबै नेपालीहरु सिपाही भएर कोरोनाविरुद्धको लडाइँ जित्नुपर्ने बताए ।

तम्घासमा पार्टी कार्यकर्तासँगको भेटमा मन्त्री ज्ञवालीले संकटमा रहेको पाटी अहिले एकताबद्ध भएको दाबि गरे । 'अब छिट्टै एकता महाधिवेशनमा जान्छौं, त्यसको लागि गाउँस्तरमा पार्टी एकतालाई बलियो पारी लैजान र सामाजिक सञ्जालमा पार्टीभित्र एकले अर्कोलाई कटाक्ष गरी टीकाटिप्पणी नगर्न पार्टी कार्यकर्तालाई उनले आग्रह गरे ।

प्रकाशित : आश्विन १, २०७७ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?