१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सचिवालयका एक जनालाई कोरोना देखिएपछि देउवा आइसोलेसनमा

बिहीबारका लागि तय भएको सत्तारुढ र प्रतिपक्षी दलको बैठक स्थगित

काठमाडौँ — निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।

सचिवालयका एक जनालाई कोरोना देखिएपछि देउवा आइसोलेसनमा

देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम आइसोलेसनमा बसेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिने स्वकीय सचिव भानु देउवाले जानकारी दिए । देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने लेखकले बताए ।

बिहीबार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दलबीच संवैधानिक निकाय र विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा छलफलका लागि बैठक तय गरिएको थियो ।

प्रकाशित : आश्विन १, २०७७ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?