सेती अस्पतालमा धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु 

मोहन बुढाऐर

धनगढी — सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । धनगढी-५की ५७  वर्षीया महिलाको उपचारको क्रममा बुधबार साँझ ५ बजे मृत्यु भएको चिकित्सक अशोक चौधरीले बताए । 

सेती अस्पतालमा धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु 

भदौ १७ गते कोरोना देखिएको ती महिलालाई भदौ १९ गते अस्पतालमा भर्ना गरिएको थियो । भदौ २४ गते अस्पतालमा उनको प्लाज्मा थेरापी गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । सेती प्रादेशिक अस्पतालको प्लाज्मा थेरापी विधि प्रयोग गरेर कोरोना संक्रमितको उपचार गरिएको यो पहिलो केस थियो ।

‘प्लाज्मा थेरापीपछि उनको स्वास्थ्य अवस्था स्थिर थियो,’डा.चौधरीले भने,‘दुई दिनदेखि बिरामीको अवस्था झन जटिल बन्यो । त्यसपछि सुधार हुन सकेन ।’

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १५ पुगेको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?