शवबाट नमुना निकालेर पीसीआर परीक्षण गर्नुपर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — शंकास्पद मृत्यु भएकाको नमुना निकालेर पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण सम्बन्धमा शवबाट नमूना निकाली पीसीआर परीक्षण नगर्ने र नगराउने निर्देशन दिएको हो ।

शवबाट नमुना निकालेर पीसीआर परीक्षण गर्नुपर्दैन : स्वास्थ्य मन्त्रालय

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाएर दाहंसस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताए । उनले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने जानकारी गराए ।

त्यसैगरी मन्त्रालयले सबै प्रयोगशालाले कोभिड १९ को परीक्षणका लागि लिएका नमूना नेगेटिभ नतिजा आएकाहरु १ महिना र पोजिटिभ आएकाहरु ३ महिनासम्म स्टोर गर्न निर्देशन दिएको छ । प्रवक्ता डा. गौतमले पीसीआर परीक्षण रिपोर्ट दिँदा सिटिभ्यालु समेत उल्लेख गरेर दिनुपर्ने प्रयोगशालालाई आग्रह गरेका छन् ।

सिटी भ्यालुले कति चक्रमा शंकास्पद नमूनाको भाइरसको अवशेष देखियो भन्ने जानकारी दिन्छ । मन्त्रालयले क्रिटिकल केयर विज्ञसहित टोली गठन गरी विभिन्न अस्पतालको सघन उपचार कक्षमा दिइएको सेवाका बारे पनि अनुगमन गर्ने जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?