१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

यातायात व्यवसायी भन्छन्- बिहीबारदेखि लामो, छोटो दुरीका सबै गाडी सञ्‍चालनमा आउँछन्

विमल खतिवडा

काठमाडौँ — कोभिडका कारण ६ महिनादेखि बन्द रहेका लामो दुरीका सवारी साधन बिहीबारबाट सञ्चालनमा आउने भएका छन् ।

नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा बुधबार विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन् ।

यातायात व्यवसायी भन्छन्- बिहीबारदेखि लामो, छोटो दुरीका सबै गाडी सञ्‍चालनमा आउँछन्

आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै सवारी सञ्चालन गरिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यातायात सञ्‍चालनका लागि अनुमति दिने निर्णय गरेको थियो । सरकारले कोभिड महामारीका बेला सार्वजनिक यातायातमा थप ५० प्रतिशत भाडा समेत बढाएको छ ।

सम्बन्धित समाचार

यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनको संयुक्त विज्ञप्ति


प्रकाशित : भाद्र ३१, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?