१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

उपत्यकामा २४ घन्टामा थप ७ सय ३७ कोरोना संक्रमित 

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा नयाँ ७ सय ३७ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो । 

उपत्यकामा २४ घन्टामा थप ७ सय ३७ कोरोना संक्रमित 

त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ४९४ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ७२ हजार २७४ परीक्षणहरु गरिएका छन् ।

नेपालमा पछिल्लो २४ घन्टामा देशभर १५ सय ३९ मा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना मुक्त भइ घर फर्किनेको संख्या १ हजार ६८ रहेको छ । यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८२० जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १६ हजार २४२ जना रहेको छ ।


प्रकाशित : भाद्र ३१, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?