अर्घाखाँचीमा रुखबाट लडेर एक जनाको मृत्यु- समाचार - कान्तिपुर समाचार

अर्घाखाँचीमा रुखबाट लडेर एक जनाको मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — समयमै उपचार नपाउँदा रुखबाट लडेर गम्भीर घाइते भएकी शीतगंगा नगरपालिका–९ सिद्धाराकी ७१ वर्षीया हेमकला विकको मृत्यु भएको छ ।

मंगलबार घर नजिकैको रुखमा डाले घाँस काट्न चढेको बेला विक रुखबाट लडेकी थिइन् । लगातारको वर्षापछि पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले समयमै गाडी नपाउँदा उनलाई बुधबार बिहान मात्रै उपचारका लागि लगिएको थियो ।

उनलाई गाडी चल्ने ठाउँसम्म बोकेरै लगिएको थियो । उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।

प्रकाशित : भाद्र ३१, २०७७ १३:००
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा सेनाका जमदारको मृत्यु

भरत जर्घामगर

सिरहा — पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई–१ स्थित मेदनी पुलमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा सेनाका एक जमदारको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा श्रीबक्स गुल्म अठुंगे ब्यारेक म्याग्दीमा कार्यरत इटहरी उपमहानगरपालिका–४ का पेशल पाण्डेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र ३१, २०७७ १२:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×