सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

यसअघि भदौ २६ गते नेपाल-भारत सीमानजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित : भाद्र ३१, २०७७ ०५:२९
प्रतिक्रिया
पठाउनुहोस्

म्याग्दीमा लकडाउन उल्लंघन गर्नेलाई कारबाही

घनश्याम खड्का

म्याग्दी — लकडाउन उल्लंघन गरी भलिबल प्रतियोगिता र मेला आयोजना गर्ने क्लबका पदाधिकारीलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । धौलागिरि गाउँपालिका–७ ताकमस्थित सफल टोल सुधार क्लबका अध्यक्ष सुमन केसी, सचिव किरण गुरुङ र कोषाध्यक्ष दिनेश केसीलाई संक्रामण ऐनबमोजिम प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको आदेशले मंगलबार तीन दिन कैद र १ सय रुपैयाँका दरले जरिवाना गरिएको हो ।

क्लबले भदौ २६ देखि २८ सम्म ताकम माविको प्रांगणमा भलिबल प्रतियोगिता र मेला आयोजना गरेको थियो । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा पालना गर्नुपर्ने सुरक्षा मापदण्डसमेत बेवास्ता गरी मेला आयोजना गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले आयोजकलाई सोमबार पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनाले कैद सजायको दैनिक तीन सय रुपैयाँका दरले ९ सय र जनही १ सय जरिवानासहित एकमुष्ट तीन हजार बुझाएर मंगलबार नै रिहा भएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ २२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×