कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मोटर जोडेर पानी तान्‍ने क्रममा करेन्ट लाग्दा तीन बालबालिकाको मृत्यु

दुर्गालाल केसी

दाङ — मोटर जोडेर पानी तान्‍ने क्रममा करेन्ट लाग्दा मंगलबार घोराहीमा तीन बालबालिकाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-१० उत्तर अमराईका ८ वर्षीय प्रशान्त चौधरी, ४ वर्षीया रेणुका चौधरी र ३ वर्षीय अमृत चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।

स्थानीय कुलोमा मोटर जोडेर पानी तान्‍ने क्रममा कुलोमा खेल्न गएका बालबालिकालाई करेन्ट लागेको उनले बताए ।

मोटरको तार सर्ट भएर करेन्ट लागेको हुन सक्‍ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।

प्रकाशित : भाद्र ३०, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?