कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कुलमानको बिदाईपछि लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई नियुक्त गरिएको छ ।

कुलमानको बिदाईपछि लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सोमबार कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका हुन् ।

वरिष्ठताको आधारमा कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको मन्त्री पुनका प्रेस संयाेजक दयानिधि भट्टले जानकारी दिए । अर्थ निर्देशनालयका प्रमुख कोइराला प्राधिकरणका कार्यरत १२औं तहका उपकार्यकारी निर्देशक हुन् । वरीयताक्रममा कोइरालाभन्दा अघि रहेका अर्का उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य एनईए इन्जिनियरिङ कम्पनीमा प्रबन्ध सञ्चालकको रुपमा काजमा खटिएका छन् ।

शाक्य र कोइरालासहित ग्राहक तथा वितरण सेवा केन्द्रका उपकार्यकारी निर्देशक हरराज न्यौपाने १२औं तहका कर्मचारी हुन् ।

२०७३ भदौ २९ गते मन्त्रिपरिषद्बाट प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका घिसिङ कार्यकाल सकिएपछि मंगलबार प्राधिकरणबाट बिदाई भएका थिए । उनले ऊर्जा मन्त्रालयसँग २०७३ भदौं ३१ गते ४ वर्षे कार्यकालको लागि सम्झौता गरेका थिए । सम्झौताअनुसार उनको कार्यकाल सोमबार सकिएको हो ।

लोडसेडिङको अन्त्य गरेको, घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेको र चुहावट नियन्त्रण गरेका जस पाएका घिसिङ सर्वसाधारणमाझ लोकप्रिय छन् । सामाजिक सञ्जालमा उनको पुनर्नियुक्ति हुनुपर्ने माग उठिरहेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाका कारण उनलाई नियुक्त नगरिएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?