२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

होटल र आन्तरिक उडान असोज १ गतेदेखि खुल्ने

काठमाडौँ — सरकारले होटल तथा रेष्टुरेन्टहरु असोज १ गतेदेखि खुला गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि होटल तथा रेष्टुरेन्ट खुला गर्ने निर्णय गरेको हो । 

होटल र आन्तरिक उडान असोज १ गतेदेखि खुल्ने

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होटलहरुलाई खुला गर्न दिने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

यस्तै, असोज १ गतेदेखि आन्तरिक उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री ज्ञवालीले बताएका छन् ।

सरकारले लामो दूरीको यातायातका साधन असोज १ गतेदेखि नै खुला गर्ने पनि निर्णय गरेको छ । यातायात तथा हवाइ उडानमा स्वास्थ्य सुरक्षा अपनाउन भनिएको छ ।

हवाइ उडानमा ५० प्रतिशत मात्रै यात्रु बोक्न पाइने, प्रत्येक १ सिटमा १ जना मात्रै राख्न पाइने, स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने छ । भाडाको दर पर्यटन मन्त्रालयले तोकेअनुसार हुने निर्णय मन्त्रिपरिषद्‌ले गरेको छ ।

आन्तरिक उडान र लामो दुरीका सवारीसँगै असोज १ बाट नै होटल, रेष्टुरेण्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने मन्त्री ज्ञवालीले बताए ।

प्रकाशित : भाद्र ३०, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?