कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जाँदा जाँदै कुलमानले भने,'लोडसेडिङलाई इतिहासमा विलय गराइदियौं'

काठमाडौँ — विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङलाई इतिहासमा विलय गराइदिएको बताएका छन् ।

जाँदा जाँदै कुलमानले भने,'लोडसेडिङलाई इतिहासमा विलय गराइदियौं'

चार वर्षे कार्यकाल सकाएर मंगलबार विदाइ कार्यक्रममा बोल्दै घिसिङले २०७५ वैशाखदेखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरि मुलुकबाट लोडसेडिङलाई इतिहासमा विलय गराउन सफल भएको बताएका हुन् ।

उनले सबैको साथ र सहयोगमा नै सम्झदै कहाली लाग्‍ने त्यो आँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भएको बताए ।

उनले भने,'विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भयौं ।'

लोडसेडिङ अन्त्य गर्नु मात्र अन्तिम अभिष्ट नभएर प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु गर्नु समेत रहेको बताए । उनले जीर्ण बनेका अधिकांश आयोजनाहरु निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएको र केही सम्पन्न हुने चरणमा पुगेको बताए ।

बिदाइ कार्यक्रममा घिसिङले गरेको सम्बोधनको पूर्ण पाठ :

प्रकाशित : भाद्र ३०, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?