१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नारायणगढ–मुग्लिन सडक खुल्याे

चितवन — नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोनजिक सोमबार राति पहिरो जाँदा अवरुद्ध भएको सडककाे पहिरो पन्छाएर दुइतर्फी सवारी चल्न थालेका छन् ।

नारायणगढ–मुग्लिन सडक खुल्याे

चार किलोको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि दुईतर्फी रुपमा यातायात सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ ।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरुपको दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । पहाड काटिएको ठाउँमा बर्खा लाग्दा हरेक वर्ष पहिरोले दुःख दिने गर्छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?