१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोनाबाट पाेखराका एक संक्रमितको मृत्यु

लालप्रसाद शर्मा

पोखरा — कोरोना संक्रमणबाट पोखरा–१० का ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ  । क्यान्सर रोगबाट पीडित उनको पोखराकै मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ बजेर २० मिनेटमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोनाबाट पाेखराका एक संक्रमितको मृत्यु

निर्देशनालयका अनुसार उपचारका लागि भर्दौ २५ मा अस्पताल भर्ना भएका उनमा आइतबार कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले बताए । योसँगै कोरोनाबाट गण्डकी प्रदेशमा ३१ जनाको मृत्यु भएको छ ।

यसैबीच मंगलबार दिउँसो १ बजेसम्ममा प्रदेशभरि कोरोना संक्रमितको संख्या ३ हजार १ सय १६ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा मंगलबार विभिन्न जिल्लाका ५१ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । अधिकांश संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

संक्रमितमध्ये प्रदेशभरि १ हजार ८ सय ९५ जना निको भएका छन् । हाल सक्रिय संक्रमित संख्या १ हजार एक सय ९० छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?