यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

कोसी, कन्काई, कमला, वाग्मती र नारायणी जलाधारका केही स-साना सहायक नदीमा बहाव बढ्ने सम्भवाना

काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक-दुई  स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

महाशाखाका अनुसार प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा भइरहेको छ । त्यस्तै मंगलबार दिउँसो र राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई आग्रह गरेको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि मंगलबार कोसी, कन्काई, कमला, वाग्मती र नारायणी जलाधारका केही स-साना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाब भई सतर्कतातह पुग्न सक्ने बताएको छ ।

मंगलबार प्रदेश १, २, वाग्मती,गण्डकीको चुरे र तराई भई बहने केही स-साना नदीमा बहाव बढ्ने सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ ।

यस्तो छ महाशाखाले गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

भदौ ३० गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश , प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

भदौ ३१ गते (बुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असोज १ गते (बिहीबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा वाग्मती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?