कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वीरगन्जमा उपचाररत बाराकी कोरोना संक्रमितको मृत्यु

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको आईसीयूमा उपचार भइरहेकी बाराकी एक कोरोना संक्रमित महिलाको सोमबार बेलुकी मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार बाराको डुमरवानाकी ५५ वर्षीया महिलाको सोमबार बेलुकी सवा ७ बजेतिर मृत्यु भएको हो ।

वीरगन्जमा उपचाररत बाराकी कोरोना संक्रमितको मृत्यु

उनलाई सोमबार बिहान सवा ११ बजे नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । चौरसियाका अनुसार जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेह र उच्च रक्तचापले समेत पीडित महिलाको अस्पताल भर्ना भएको ८ घण्टामै मृत्यु भएको चौरसियाले बताए ।

प्रकाशित : भाद्र ३०, २०७७ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?