कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कुलमानको पुनर्नियुक्तिबारे भएन निर्णय

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पदावधि समाप्त भएका कुलमान घिसिङलाई सो पदमा नियुक्त गर्ने विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेन ।

कुलमानको पुनर्नियुक्तिबारे भएन निर्णय

सोमबारको मन्त्रिपरिषद्ले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरे पनि घिसिङबारे भने निर्णय गरेन ।

'बैठकमा कुरो उठेको थियो । तर प्रधानमन्त्रीले यस विषयमा केकसो हुन्छ कानुनी कुरा बुझौं भन्नुभयो, निर्णय भएको छैन,' एक मन्त्रीले भने । स्रोतका अनुसार उर्जामन्त्री वर्षमान पुनले आइतबार नै घिसिङलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा लगेका थिए ।

सोमबारको बैठकले सरकारको प्रवक्ता पनि कसैलाई तोकेको छैन । सरकारको प्रवक्ता रहेका अर्थ एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाको राजीनामा पछि सरकारको प्रवक्ता कसैलाई तोकिएको छैन ।

प्रकाशित : भाद्र २९, २०७७ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?