फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण

पोखरा — नापी कार्यालय कास्कीको सहयोगमा पोखरा महानगरपालिकाले फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त अध्ययन प्रतिवेदन सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।

फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण

उनले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन् । फेवातालको ऐतिहासिक पृष्ठभूमिदेखि वर्तमान अवस्थितिलाई प्रतिवेदनमा समेटिएको छ । फेवाताल सम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जालाई समेत प्रतिवदेनमा उल्लेख छ । सर्वोच्च अदालतको फेवाताल सम्बन्धी फैसला कार्यान्वयन तथा फेवातालको दीर्घकालीन संरक्षणका लागि पोखरा महानगरपालिकाले उक्त अध्ययन प्रतिवेदन तयार पारेको हो ।

हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, नापी कार्यालय कास्कीका प्रमुख खिमराज गौतम लगायतको उपस्थिति थियो ।

प्रकाशित : भाद्र २९, २०७७ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?