सांसद प्रेम सुवाल कोरोनामुक्त- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद प्रेम सुवाल कोरोनामुक्त

कान्तिपुर संवाददाता

भक्तपुर — प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । शनिबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमार्फत टेकुमा ‘स्वाब’ परीक्षण गराएका सांसद सुवालको सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि ‘स्वाब’ दिएका सांसद सुवालको भदौ २० रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा पर्ने बित्तिकै होम आइसोलेसनमा बसेको सांसद सुवालले बताए ।

विद्यार्थीकालदेखि राजनीतिमा लागेका सांसद सुवालले ‘होम आइसोलेसन’लाई अध्ययन गर्ने समयका रुपमा सदुपयोग गरेको बताएका छन् । ‘होम आइसोलेसन मेरा लागि अध्ययन र आराम गर्ने अवसर बन्यो,’ उनले भने,‘सामाजिक सञ्जाललाई पनि भरपूर्ण सदुपयोग गरें ।’

सांसद सुवालले यसअघि संसदमा दुईपल्ट कोरोना परीक्षण गराएको र दुवैपल्ट रिपोर्ट नेगेटिभ आएको बताए ।

प्रकाशित : भाद्र २९, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्

रातो मत्स्येन्द्रनाथ बुङमती प्रस्थान

प्रशान्त माली, तस्बिर : इलिट जोशी

काठमाडौँ — सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर सानो खटमा चारजना पुजारीले बोकेर बुङमती लगिएको छ । मीननाथको रथ भने पुल्चोकबाट तानेर टंगलस्थित उनकै मन्दिरमा पुर्‍याउन त्यसतर्फ तानिएको छ ।

कोभिड–१९ का कारणले यस वर्ष पाटनको कोरबस्तीभित्र रथ यात्रासँगै लगनखेलमा नरिवल खसाल्ने र जावलाखेलमा भोटो जात्रा भने रोकियो ।


यसअघि साउन १० गते मत्स्येन्द्रनाथलाई तबहालबाट पुल्चोक पुर्‍याएर त्यहँ रथारोहण गरिएको थियो ।


रथ यात्रा गर्ने विषयमा सरोकारवाला निकायले महिनौं दिन अनिर्णयको बन्दी बनाएको भन्दै भदौ १८ गते स्थानीय स्वत:स्फूर्त रुपमा बाहिर आएर रथ करिब २ सय मिटर तानेपछि प्रहरीसँग झडप भएको थियो ।


त्यसपछि भदौ २१ गते सांकेतिक रुपमा १० मिटर रथ तानेर रथयात्रा औपचारिक रुपमा समापन गरिएको थियो ।

प्रकाशित : भाद्र २९, २०७७ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×