२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एकतर्फी खुल्यो मुग्लिन सडक (अपडेट)

रमेशकुमार पौडेल

चितवन — पहिरोका कारण सोमबार दिउँसो दुई बजेदेखि अवरूद्ध नारायणगढ मुग्लिन सडक साँझदेखि एकतर्फी खुलेको छ ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले साँझ पौने ८ बजेबाट सडक एक तर्फी खुलेको र बाँकी पहिरो मंगलबार मात्रै हटाउने जानकारी दिएको छ ।

पहिरो गएको ठाउँमा अझै पनि स-साना ढुंगा झरी रहेका कारण सजग भएर गाडी चलाउन प्रहरीले अपिल गरेको छ । बाटो सहज भइ नसकेको हँदा ओभरटेक नगरी अनुशासित भएर गाडी चलाउन प्रहरीको अनुरोध छ ।

०००

चितवन-नारायणगढ मुग्लिन सडककाे चार किलाेमा साेमबार दिउँसाे पहिराे जाँदा सडक अवरूद्ध भएकाे छ । भरतपुरकाे डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बाटाे खुल्न कम्तीमा ६ घण्टा लाग्ने बताए ।

'दिउँसाे सवा दुई बजेतिर पहिराे गएकाे हाे । पन्छ्याउने काम सुरू भएकाे छ । कम्तीमा ६ घण्टापछि एकतर्फी बाटाे खुल्ने सम्भावना छ,' सूचना अधिकारी इन्जिनियर खनालले भने । चार किलाेमा गएकाे याे वर्षकाे याे तेस्राे ठूलाे पिहराे हाे । यसअघि दुई पटक ठूलाे पहिराे खसेर तीन–तीन दिन बाटाे थुनिएकाे थियाे।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरूपकाे दुई लेनकाे सडक बनाउने बेलामा ठाउँ ठाउँमा पहाड काटिएकाे थियाे । त्यसरी पहाड काटेकाे ठाउँमा बर्खायाममा पहिराे खसेर दु:ख दिन थालेकाे छ । २९ ठाउँमा पहिराेकाे जाेखिम थियाे । अन्य ठाउँमा नियन्त्रणकाे काम गरेर जाेखिम घटाए पनि चार किलाेमा नियन्त्रणकाे काम पूरा हुन सकेकाे छैन । त्यही ठाउँमा पटक पटक पहिराे खस्ने गरेकाे छ ।

नारायणगढ–मुग्लिन सडक संघीय राजधानी काठमाडाैं र पर्यटकीय सहर पाेखरालाई देशकाे पूर्वी र पश्चिम भागसँग जाेड्ने मुख्य मार्ग हाे । याे मर्ग हुँदै दिनहुँ १० हजार गाडी गुड्छन् । काेराेनाका कारण यात्रु बस चलेका छैनन् । तर साना गाडी र मालकाहक ट्रककाे आवतजावत भने बाक्लै हुने गरेकाे छ ।

प्रकाशित : भाद्र २९, २०७७ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?