कोरोना संक्रमणबाट सिरहामा एक महिलाको मृत्यु

भरत जर्घामगर

सिरहा — कोरोना संक्रमणबाट सिरहामा आइतबार राति एक महिलाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार कर्जन्हा नगरपालिका–२ बन्दीपुरकी ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट सिरहामा एक महिलाको मृत्यु

कर्जन्हा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डलका अनुसार ग्यास्टिकको समस्यासँगै ज्वरो आएपछि शनिबार ती महिलालाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट थप उपचारका लागि रेफर गर्ने क्रममा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनलाई आइतबार बिहान १० बजे कोरोना प्रादेशिक अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा आइतबार साँझ ६ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवले जानकारी दिए । यससँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रकाशित : भाद्र २९, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?