कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कोरोनाले गैंडाकोटकी ६० वर्षीया महिलाको मृत्यु

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार गैंडाकोट नगरपालिका–९ की ६० वर्षीया महिलाको उपचार क्रममा मृत्यु भएको हो ।

कोरोनाले गैंडाकोटकी ६० वर्षीया महिलाको मृत्यु

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालले चितवन मेडिकल कलेजमा उपचाररत ती महिलाको आइतबार राति मृत्यु भएको जानकारी दिए । यससँगै पूर्वी नवलपरासीमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । पूर्वी नवलपरासीमा आइतबारसम्म ६ सय ९० जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ४ सय ११ जना निको भइसकेका छन् ।


प्रकाशित : भाद्र २९, २०७७ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?