उपत्यकामा एकैदिन ५ सय ९७ जना कोरोना संक्रमित - समाचार - कान्तिपुर समाचार

उपत्यकामा एकैदिन ५ सय ९७ जना कोरोना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना संक्रमित देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं ४८३, भक्तपुर ८१ र ललितपुर ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो ।  


देशभर २४ घन्टामा १ हजार ३९ मा संक्रमण पुष्टि भएको छ ।

२४ घन्टामा पीसीआर परीक्षण ९ हजार १६५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । हालसम्म ८ लाख ४० हजार ५ सय २७ पीसीआर विधिबाट परीक्षण भएका छन् ।

आइतबार अपराह्नसम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचारमा रहेकाको संख्या १५ हजार १ सय १७ र क्‍वारेन्टाइनमा ६ हजार ५ सय ३६ जना रहेको छ । २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।



प्रकाशित : भाद्र २८, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्

२४ घन्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै आइतबार ५४ हजार १५९ पुगेको हो । 

२४ घन्टामा डिस्चार्ज १ हजार १७३ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ ।

पीसीआर परीक्षण ९ हजार १६५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

हालसम्म ८ लाख ४० हजार ५ सय २७ पीसीआर विधिबाट परीक्षण भएका छन् ।

आइतबार अपराह्नसम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचारमा रहेकाको संख्या १५ हजार १ सय १७ र क्‍वारेन्टाइनमा ६ हजार ५ सय ३६ जना रहेको छ । २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।



प्रकाशित : भाद्र २८, २०७७ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×