३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सिन्धुपाल्चोक पहिरो : ११ शव भेटिए, अझै २० जना बेपत्ता [अपडेट]

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी खसेको पहिरोमा बेपत्तामध्ये आइतबार अपराह्नसम्म ११ जनाको शव फेला परेको छ । अझै २० जना बेपत्ता छन् । 

सिन्धुपाल्चोक पहिरो : ११ शव भेटिए, अझै २० जना बेपत्ता [अपडेट]

शनिबार राति बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका ७ घर पुरिएका छन् । जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, ८ वर्षीय सन्देश विक र नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल विक रहेका छन् ।

त्यसैगरी मृतकमा नेवार टोल र नागपुजेकी ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र ५ वर्षीया सरसस्वती विक रहेका छन् । पहिरोमा बेपत्ता २० जनाको नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।

सम्बन्धित समाचार

सिन्धुपाल्चोक पहिरो : नाै शव भेटिए, अझै २२ जना बेपत्ता [अपडेट]

प्रकाशित : भाद्र २८, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?