कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट तनहुँकी ७६ वर्षीया महिलाको मृत्यु

सम्झना रसाइली

तनहुँ — तनहुँकी कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–४ निवासी ७६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोनाबाट तनहुँकी ७६ वर्षीया महिलाको मृत्यु

निर्देशनालयका अनुसार भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मुटु सम्बन्धी रोगबाट ग्रसित ती महिला भदौ २० गते अस्पतालमा भर्ना भएकी थिइन् । भदौ २३ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरामा, व्यास नगरपालिका–२ की २० वर्षीया युवती र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौंमा मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र २८, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?