कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा कोरोनाले ८५ वर्षीया महिलाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — चितवनमा आइतबार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगरचोक बस्ने ८५ वर्षीया महिलाको आइतबार बिहान ६ बजे मृत्यु भएको हो ।

चितवनमा कोरोनाले ८५ वर्षीया महिलाको मृत्यु

चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार क्यान्सर रोगीसमेत रहेकी ती महिलाको स्वास्थ्य पछिल्लो समय जटिल हुँदै गएको थियो ।

‘क्यान्सरको पुरानो समस्या थियो । ११ गते स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा १५ गते संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेकी उनको आज बिहान निधन भयो,’ तिवारीले भने । यससँगै कोरोनाका कारण चितवनमा २८ जनाको निधन भएको छ । जसमध्ये १७ जना चितवनकै छन् । अरू उपचारका लागि भरतपुरका विभिन्न अस्पताल आएका बाहिरी जिल्लाका व्यक्तिहरू हुन् ।

प्रकाशित : भाद्र २८, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?