२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

तत्कालीन राजा वीरेन्द्रले चढ्ने सैनिक विमान एयरपोर्टबाट गुडाउँदै नारायणहिटी संग्रहालयमा लगियो

काठमाडौँ — नेपाली सेनाले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारले प्रयोग गर्ने भीभीआईपी सैनिक विमान विमानस्थलबाट गुडाएर नारायणहिटी दरबार संग्रहालय लगेको छ । संग्रहालयमा राख्नका लागि एनए ०२० एचएस ७४८ नम्बरको एभ्रो विमान (जहाज) शनिबार राति गुडाउँदै सैनिक र प्रहरीको सुरक्षाबीच लगिएको हो ।

तत्कालीन राजा वीरेन्द्रले चढ्ने सैनिक विमान एयरपोर्टबाट गुडाउँदै नारायणहिटी संग्रहालयमा लगियो

विमानस्थलबाट विमान तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली हुँदै नारायणहिटी दरबार संग्रहालयमा लैजानका लागि ल्याएको हो ।

विमान भद्रकालीबाट अघि बढिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएस्पी भीम ढकालले बताए । उक्त विमान लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड थियो ।

प्रकाशित : भाद्र २७, २०७७ २२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?