कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पोखरामा स्याङ्जाका एक कोरोना संक्रमितको मृत्यु

दीपक परियार

पोखरा — स्याङ्जाका कोरोना संक्रमित ८५ वर्षीय वृद्धको शनिबार पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत उनको बिहान ६ बजेर ३२ मिनेटमा उपचारको क्रममा मृत्यु भएको हो ।

पोखरामा स्याङ्जाका एक कोरोना संक्रमितको मृत्यु

पुतलीबजार नगरपालिका–१ का उनी भदौ २४ मा कोरोना संक्रमण पुष्टि भएपछि उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा कोरोनाकै कारण ज्यान गुमाउने उनी दसौं व्यक्ति हुन् । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म २३ जनाको निधन भइसकेको छ ।


प्रकाशित : भाद्र २७, २०७७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?