२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी

काठमाडौँ — असार १० बाट सुरु भएर साउन १३ पछि अनिश्चित बनेको नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । शुक्रबार बिहान ११.३० बजेपछि सुरु बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार पारेको प्रस्तावमाथि छलफल भइरहेको एक नेताले बताए । 

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी

बैठक सुरु भएको केहीबेरमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ‌ओली बैठकबाट निस्किएका छन् । अर्का अध्यक्ष दाहाललाई बैठक चलाउने जिम्मा दिएर ओली निस्किएको सहभागी एक नेताले बताए ।

विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनलाई भदौ १८ को सचिवालय बैठकले त्यहाँ व्यक्त नेताहरूका विचारसमेत समेटेर दुई अध्यक्षलाई सहमतिको प्रस्ताव तयार गर्न जिम्मा दिएको थियो ।

उक्त प्रस्ताव दुई दिनअघि नै स्थायी कमिटी सदस्यहरुलाई अध्ययनको लागि पठाएको थियो । प्रस्ताव अध्ययनपछि सदस्यहरुले आफ्ना राय सुझाव बिहीबार साँझ नै इमेलमार्फत पठाउन महासचिव विष्णु पौडेलले पत्र जारी गरेका थिए ।

अध्यक्षद्वयको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपाल र उनी निकट नेताका भने केही असन्तुष्टि छन् । यद्यपि बैठक शुक्रबार नै टुंग्याउने सम्भावना रहेको एक नेताले बताए ।

असार १४ को प्रधानमन्त्रीको अभिव्यक्तिपछि असार १६ को स्थायी कमिटी बैठक बहुमत सदस्यले ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो । असार १८ मा बालुवाटारमै स्थायी कमिटी बैठक बसिरहेका बेला प्रधानमन्त्री ओलीले संसद् अधिवेशन अन्त्यको सिफारिस गरिदिएपछि बैठक प्रभावित भएको थियो ।

त्यसयता पटक पटक मिति तोक्दै स्थगित हुँदै आएको बैठक साउन १३ मा ओलीले एकतर्फी स्थगित र दाहाल–नेपाल समूहले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २६, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?