१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाल-भारत सीमानजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

काठमाडौँ — शुक्रबार नेपाल–भारत सीमा नजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार झापाको बाहुनडाँगीको उत्तरपूर्वको भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको हो ।

नेपाल-भारत सीमानजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

नेपाली सीमानजिक भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प भए पनि झापाका बाहुनडाँगीलगायतका केही क्षेत्रमा धक्का महसुस भएको थियो ।

यसअघि बुधबार धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित : भाद्र २६, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?