कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

१४ दिन क्‍वारेन्टाइन बस्दा कुनै लक्षण नदेखिए पीसीआर गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने, अन्तरजिल्ला आवतजावत गर्दा सबैले आफ्नै घरमा वा आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ । 

१४ दिन क्‍वारेन्टाइन बस्दा कुनै लक्षण नदेखिए पीसीआर गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ दिनसम्म क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण नदेखिएमा पीसीआर परीक्षणको आवश्यकता नपर्ने निर्णय भएको बताए । त्यसैगरी मन्त्रालयले कोरोनाको परीक्षणका लागि एन्टिजेन टेष्टको व्यवस्थाका लागि स्वीकृति दिइएको छ ।

उनले भने, 'पीसीआर महँगो र लामो विधि छ र रिपोर्ट आउन धेरै समय लाग्छ । एन्टिजेन टेस्टको आवश्यकता भएकोले परिमार्जनसहित निर्देशिका स्वीकृत निर्णय गरेका छौँ ।'

प्रकाशित : भाद्र २५, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?