कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

मन्त्रिपरिषद् बैठक स्थगित, सरकारको प्रवक्ता र कुलमानबारे शुक्रबार निर्णय हुने

काठमाडौँ — मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

मन्त्रिपरिषद् बैठक स्थगित, सरकारको प्रवक्ता र कुलमानबारे शुक्रबार निर्णय हुने

मन्त्रिपरिषद्को बैठक बिहीबार साँझ बोलाइएको थियो । मन्त्रीहरूलाई बिहीबार साँझ बैठकमा आउन भनिएको थियो भनिएकोमा बिहान १० बजेतिर मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी दिइएको थियो ।

मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।

मन्त्री पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा छलफल गरेका थिए । मन्त्री पुनले सार्वजनिक रूपमा घिसिङलाई नै निरन्तरता दिइने भनिसकेका छन् । तर कति समयका लागि नियुक्ति गर्ने भन्ने यकिन भएको छैन ।

मन्त्री निकट स्रोतका अनुसार चार वर्षका लागि फेरि प्राधिकरणको प्रमुखमा कुलमानलाई नियुक्त गर्ने कि २ वर्षका लागि भन्ने निर्णय भइसकेको छैन । 'दुई वर्षका लागि फेरि जिम्मेवारी दिने कि चार वर्षका लागि भन्ने यकिन भइसकेको छैन । उहाँलाई फेरि जिम्मेवारी दिने भन्नेतर्फ नै छलफल भइरहेको छ,' मन्त्री निकट स्रोतले भन्यो ।

त्यस्तै, मन्त्रिपरिषद्को भोलिको बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी भइरहेको बताइएको छ ।

प्रकाशित : भाद्र २५, २०७७ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?