२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

निडर कमान्डर स्टाफ चाहिएको छ : प्रधानसेनापति

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको बाँकी एक वर्षलाई सुदृढीकरण र दिगोपनाको वर्षका रूपमा निर्धारण गरेको बताएका छन् । दुईवर्षे कार्यकाल पूरा गरेको अवसरमा सैनिक मुख्यालय जंगीअड्डामा बुधबार आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरणमा विशेष जोड दिए ।

निडर कमान्डर स्टाफ चाहिएको छ : प्रधानसेनापति

‘अब सकारात्मक सांगठनिक वातावरण निर्माण गर्न लिइएका पहलकदमी र हासिल भएका उपलब्धिलाई संस्थागत र सुदृढीकरण गर्दै लैजाने लक्ष्य राखेको छु,’ उनले भने । हरेक प्रधानसेनापतिले पहिलो वर्षलाई आधार वर्षका रूपमा कार्ययोजना बनाउनुपर्ने अवस्थाका रूपमा अब रहन दिन नहुनेसमेत उनले बताए ।

‘धूर्त र अवसरवादीहरूलाई छानीछानी कारबाही गर्ने, संगठनका लागि दिलोज्यान दिई काम गर्ने र घोडा चढ्दा लडिन्छ भनेर नडराउने निडर कमान्डर स्टाफ अब चाहिएको छ,’ उनले भने ।

प्रकाशित : भाद्र २५, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?