व्यापार/व्यवसाय र यातायातमा निषेधाज्ञा खुल्ने, यातायातमा जोरबिजोर लागू गरिने

मातृका दाहाल

काठमाडौँ — भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार/व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको छ ।

व्यापार/व्यवसाय र यातायातमा निषेधाज्ञा खुल्ने, यातायातमा जोरबिजोर लागू गरिने

अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उनले बताए ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेका छन् । व्यापार व्यवसाय खोल्न दिने शर्तहरु बारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने दाहालले बताए । तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् ।

उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म छ ।

प्रकाशित : भाद्र २४, २०७७ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?