२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा मंगलबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालीका–१६ निवासी ८० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार बिहान ७ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याबाट ग्रस्त थिइन् । मृत्यु भएपछि पीसीआर परीक्षण दिउँसो ३ बजेर १५ मिनेटमा आएको रिपोर्ट पोजिटिभ देखिएको फोकल पर्सन श्रेष्ठले बताए ।

मंगलबार बिहान कोरोना संक्रमित भइ उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षा अस्पतालमा भर्ना भएका एक जना पुरुषको पनि मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र २३, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?