२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

उपत्यकामा २४ घन्टामा थप ३९६ कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३९६ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना संक्रमित देखिएको मंगलबार जानकारी दिएको हो । 

उपत्यकामा २४ घन्टामा थप ३९६ कोरोना संक्रमित

२४ घन्टामा १० हजार ६११ पीसीआर परीक्षण गरिएको छ ।

२४ घन्टाको अध्यावधिक विवरण अनुसार सोमबार उपत्यकामा ३ सय २६ जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार २८७ जना रहेको छ । सोही अवधिमा मुलुकभर ९०२ जना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ३१० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ जना रहेको छ ।

प्रकाशित : भाद्र २३, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?