कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरका मेयरलाई ज्यान मार्ने धम्की दिने एक जना पक्राउ

काठमाडौँ — रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा ललितपुर महानगरपालिकामा मेयरलाई ज्यान मार्ने धम्की दिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरका मेयरलाई ज्यान मार्ने धम्की दिने एक जना पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महानगरपालिका वडा नम्बर १३ कुसुन्तीका ४५ वर्षीय सञ्‍जय शाक्यलाई भीडलाई उत्तेजित पारी एक टेलिभिजनमा अन्तर्वार्तामा मेयरलाई ज्यान मार्ने धम्की दिएको आरोपमा आइतबार पक्राउ गरेको हो ।

गत बिहीबार ललितपुरको पुल्चोकमा भएको घटनामा ढुंगामुढा गर्ने, भीडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मार्ने धम्की दिएको आरोपमा महाशाखाबाट खटिएको प्रहरी टोलीले शाक्यलाई उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०७७ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?