कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

लीला श्रेष्ठ

भक्तपुर — प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

कोरोना संक्रमितको 'कन्ट्याक ट्रेसिङ'मा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि ‘नेजल स्वाब’ दिएका सांसद सुवालको शनिबार रिपोर्ट पोजिटिभ आएको हो ।

स्वाब संकलन लगत्तै होम आइसोलेसनमा बसेको र हालसम्म आफूलाई कोरोना भाइरसको कुनै लक्षण नदेखिएको सांसद सुवालले बताए । ‘सोमबारदेखि घरको छुट्टै कोठामा बस्दै आएको छु,’ उनले भने, ‘दुई सातादेखि कुनै कार्यक्रममा सहभागी भएको छैन, नजिकको मित्रमा कोरोना संक्रमण पुष्टि भएपछि पीसीआर परीक्षण गराएको हुँ ।’उनको स्वास्थ्य अवस्था सामान्य छ ।

भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्र च्यामासिंहमा सांसद सुवाल लगायतको पीसीआर परीक्षण गराइएको हो ।

प्रकाशित : भाद्र २०, २०७७ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?