१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

खतिवडाको राजीनामा स्वीकृत, अर्थ र संचार मन्त्रालय प्रधानमन्त्री ओलीले नै सम्हाल्ने

काठमाडौँ — अर्थ र संचार तथा सूचना प्रविधिमन्त्रीबाट युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ । मन्त्री खतिवडाले शुक्रबार साँझ दिएको राजीनामा स्वीकृत गरेर दुवै मन्त्रालयको जिम्मेवारी आफूले सम्हाल्ने गरी प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष सिफारिस गरे अनुसार राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खतिवडाको राजीनामा स्वीकृत, अर्थ र संचार मन्त्रालय प्रधानमन्त्री ओलीले नै सम्हाल्ने

यसअघि सहरी विकास मन्त्रालय खाली हुँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ र संचार तथा सूचना प्रविधि मन्त्रालय खाली हुँदा अर्थमन्त्री रहेका युवराज खतिवडालाई कार्यभार तोकिएको थियो ।

सम्बन्धित समाचारः

राष्ट्रपति कार्यालयको पत्रः

प्रकाशित : भाद्र १९, २०७७ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?