१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

उपत्यकामा २४ घन्टामा थप ४ सय ५४ कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ५४ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित देखिएका हुन् ।

उपत्यकामा २४ घन्टामा थप ४ सय ५४ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार ६ सय ३८ पीसीआर परीक्षण गर्दा ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

२४ घन्टाको अध्यावधिक विवरणमा बिहीबार भने ४ सय ४५ जनामा कोरोना देखिएको थियो ।

२४ घन्टाको अवधिमा देशभर शुक्रबार १३ सय ५९ जनामा संक्रमण देखिएको छ । सोही अवधिमा १३ सय ५४ जना कोरोना संक्रमण निको भएर घर फर्किएको प्रवक्ता गौतमले बताए । १४ घन्टामा थप १४ जना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार अपराह्नको तथ्यांक अनुसार नेपालमा १८ हजार ४ सय ४ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखाइएको छ ।

प्रकाशित : भाद्र १९, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?