१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

प्रधानमन्त्रीले खतिवडालाई भने– ‘मन्त्रिपरिषद् बाहिरैबाट सहयोग गर्नुस्’

जयसिंह महरा

काठमाडौँ — मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवाडको विज्ञताको आवश्यकता सरकारलाई रहेको बताएका छन् । एक मन्त्रीका अनुसार उनले साढे २ वर्ष सरकारमा रहेका खतिवडालाई धन्यवाद दिँदै अबका दिनमा मन्त्रिपरिषद् बाहिरै बसेर सहयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले खतिवडालाई भने– ‘मन्त्रिपरिषद् बाहिरैबाट सहयोग गर्नुस्’

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले कान्तिपुरलाई भने, ‘तपाईंको आवश्यकता अझै पर्छ । आजसम्म क्याबिनेटमा बसेर काम गर्नुभयो । अब बाहिर बसेर पनि सल्लाह आवश्यक पर्छ । अहिलेसम्मको कामको लागि धन्यवाद ।’

खतिवडाले त्यसको जवाफ दिएनन् । तर आगामी दिनमा मुलुकको अर्थतन्त्र कसरी सञ्चालन गर्ने भन्नेबारे मन्त्रिपरिषदमा प्रस्तुति दिएका दिए । उनले अहिले अर्थतन्त्र सही ठाउँमा भएको बताएको एक मन्त्रीले बताए । खतिवडाले राष्ट्रिय सभामा पुन: मनोनित नभएपछि आजै राजीनामा दिँदै छन् ।

राष्ट्रियसभा सा‌ंसदको दुई वर्षे कार्याकाल सकेका खतिवडाले अर्थमन्त्रीका रुपमा थप ६ महिना काम गरेका थिए । सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री हुन नपाउने संवैधानिक प्रावधानका कारण उनी मन्त्रिपरिषद्‍बाट बाहिरिन लागेका हुन् । नेकपाले राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रकाशित : भाद्र १९, २०७७ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?