कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मत्स्येन्द्रनाथको क्षमापूजा गरियो, साइत जुरे भदौ २६ गते बुङमती लगिने

ललितपुर — रातो मत्स्येन्द्रनाथको रथयात्रा नगरी क्षमापूजा मात्र गरेर देवतालाई बुङमती पुर्‍याउने पाटनका विभिन्न १८ जातीय खल:बीच सहमति भएको छ । जसअनुसार शुक्रबार क्षमापूजा सम्पन्न गरिएको छ । कर्फ्युबीच केही सरोकारवाला व्यक्तिको उपस्थितिमा क्षमापूजा गरिएको हो ।

मत्स्येन्द्रनाथको क्षमापूजा गरियो, साइत जुरे भदौ २६ गते बुङमती लगिने

ज्यापू, ताम्राकार, सिकमी, बाराही, राजोपाध्याय, नापित, कपाली, खड्गीलगायत समाजद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिअनुसार भदौ २१ गते हाल पुल्चोकमा अवस्थित मत्स्येन्द्रनाथको रथ त्यहाँबाट अलि पर रहेको सोह्रखुट्टेपाटीसम्म तान्ने र छ्वयलाबु (नेवार समुदायमा मनाउने एक किसिमको पर्व) मनाउने, २२ गते भु:ज्या (मत्स्येन्द्रनाथ यात्राको क्रममा मनाइने एक प्रकारको पर्व) मनाउने अनि साइत हेर्ने र साइत प्राप्त भएमा २६ गते मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती लगिने उल्लेख छ ।

यसबारेमा शिल्पकार समाजले भने सहमति जनाएको छैन । पाटनमा १९ वटा जातीय खल: छन् ।

बिहीबार जात्रा सञ्चालन गर्ने नाममा धार्मिक सद्भावमा खलल पुर्‍याउने, स्थानीयको भावनामा चोट पुर्‍याउने र कोरोना महामारीबीच जनस्वास्थ्यमा खेलबाड गर्ने काम भएको भन्दै सम्भावित खतरा रोक्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको छ ।



प्रकाशित : भाद्र १९, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?